एभरेष्ट र अल्काबीच नगद रहित सेवा सम्बन्धी सम्झौता

  २०७५ माघ २१ गते १८:०७     विकासन्युज

काठमाडौँ । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेड र अल्का हस्पिटलबीच नगद रहित स्वास्थ्य सेवा सम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झौतामा अल्का हस्पिटलका कार्यकारी निर्देशक विद्या श्रेष्ठ थापा र एभरेष्ट इन्स्योरेन्सका सहायक महाप्रबन्धक मनोजसिंह भण्डारीले हस्ताक्षर गरे ।

सम्झौता अन्तर्गत एभरेष्ट इन्स्योरेन्स कम्पनीबाट एभरेष्ट हेल्थ केयर स्वास्थ्य बीमालेख लिएका ग्राहकहरुले अल्का हस्पिटलमा भर्ना भई उपचार गराउँदा उक्त हस्पिटलबाट नगद रहित उपचार सेवा उपयोग गर्न पाउने छन् र उपचार पूर्व नगद जुटाउने झन्झटबाट मुक्त हुने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.