५६ लाखले गराए जीवन बीमा, महिलाको संख्या ३९ प्रतिशत मात्रै

  २०७५ माघ १८ गते १२:१६     नबिन पोखरेल


काठमाडौं । देशभरमा जीवन बीमा गराउनेको संख्या ५६ लाख नाघेकाे छ । जीवन बीमा गराउने क्रम बढ्दो रहेकाे तर पुरुषको तुलनामा जीवन बीमा गराउने महिनाको संख्या निकै कम रहेको तथ्याङ्कले देखाएकाे छ । ६१ प्रतिशत पुरुषले जीवन बीमा गराउँदा महिलाको हिस्सा ३९ प्रतिशत मात्र रहेको पाइएको छ ।

पुरुषको तुलनामा महिला सहभागिता हरेक क्षेत्रमा कम छ अरु क्षेत्रमा जस्तै जीवन बीमा गराउनेमा पनि महिलाको सहभागिता कम पाइएको हो । चालु आर्थिक वर्षको असोज मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । जीवन बीमा गराउने महिलाको संख्या ३८.८१ प्रतिशत पुग्दा पुरुषको संख्या ६१.१९ प्रतिशत पुगेको हो ।

बीमा समितिका अनुसार जीवन बीमाको पोलिसी किन्नेको संख्या ५६ लाख ५७ हजार २ सय ९ रहेको छ । सो पोलिसी किन्ने महिलाको संख्या २१ लाख ९५ हजार ३ सय ७९ रहेको छ भने पुरुषको संख्या ३४ लाख ६१ हजार ८ सय ३० रहेको बीमा समितिले जनाएको छ ।

राष्ट्रिय बीमा संस्थानमार्फत जीवन बीमा गर्नेको संख्या १ लाख ४० हजार रहेको छन् । सो संख्यामा ३७ प्रतिशत महिला रहेका छन् भने ६३ प्रतिशत हिस्सा पुरुषको रहेको छ ।

त्यसैगरी नेशनल लाईफ ईन्स्योरेन्स कम्पनीमा जीवन बीमा गराउनेको संख्या ३ लाख ५६ हजार ६ सय ८ रहेको छ । सो संख्यामा ३९.५८ प्रतिशत महिला रहेका छन्, पुरुषको संख्या ६०.४२ प्रतिशत रहेका छन् । नेपाल लाईफ ईन्स्योरेन्समा जीवन बीमा गराउनेको संख्या ९ लाख ८३ हजार ७ सय ४३ रहेको छ । सो संख्यामा ३६.४७ प्रतिशत महिला रहेका छन् भने ६३.५३ प्रतिशत पुरुष रहेका छन् ।

यसैगरी, अर्को बीमा कम्पनी लाईफ ईन्स्योरेन्स कर्पोरेशन नेपालमा जीवन बीमा गराउनेको संख्या ७ लाख १ हजार ९ सय ५४ रहेको छ । सो संख्यामा ३७.२० प्रतिशत महिला र ६२.८० प्रतिशत पुरुष रहेका छन् । यता, मेट लाईफ ईन्स्योरेन्समा जीवन बीमा गराउनेको संख्या १४ लाख ४८ हजार २ सय ६० रहेको छ । जसमध्ये ५६.२४ प्रतिशत महिला र ४३.७६ प्रतिशत पुरुष रहेका छन् ।

एशियन लाईफ ईन्स्योरेन्समा जीवन बीमा गराउनेको संख्या ४४ हजार ८ सय ७९ रहेको छ । सो संख्यामा ४४.११ प्रतिशत महिला र ५५.८९ प्रतिशत पुरुष रहेका छन् । यसैगरी सूर्या लाईफ ईन्स्योरेन्स कम्पनीका अनुसार जीवन बीमा गराउनेको संख्या १ लाख ७६ हजार ६ सय ९७ रहेको छ । सो संख्यामा ४०.२१ महिला र ५९.७९ प्रतिशत पुरुष रहेका छन् ।

बीमा समितिका निर्देशक राजुरमण पौडेलका अनुसार बीमा गर्नेको सङ्ख्या बढ्ने क्रममा नै रहेको छ तर सचेतना कार्यक्रम पर्याप्त नभएकाले महिलाको संख्या कम भएको हुनसक्छ ।

गुराँश लाईफ ईन्स्योरेन्स कम्पनीमा जीवन बीमा गराउनेको संख्या ७४ हजार ७ सय ४७ रहेको छ । सो संख्यामा ४२.०९ प्रतिशत महिला र ५७.९१ प्रतिशत पुरुष रहेका छन् । त्यसैगरी प्राईम लाईफ ईन्स्योरेन्स कम्पनीमा जीवन बीमा गराउनेको संख्या १४ लाख २६ हजार ९ सय ७७ रहेको छ । सो संख्यामा २० प्रतिशत महिला र ८० प्रतिशत पुरुष रहेका छन् ।

आईएमई लाईफ ईन्स्योरेन्स कम्पनीमा जीवन बीमा गराउने संख्या ११ हजार २ सय ४५ रहेको छ । सो संख्यामा ४०.०२ प्रतिशत महिला र ५९.९८ प्रतिशत पुरुष रहेका छन् । यूनियन लाईफ ईन्स्योरेन्स कम्पनीका अनुसार जीवन बीमा गराउनेको संख्या १४ हजार ३८ रहेको छ । सो संख्यामा ३७.३७ प्रतिशत महिला र ६२.६३ प्रतिशत पुरुष रहेका छन् ।

ज्योति लाईफ ईन्स्योरेन्स कम्पनीमा जीवन बीमा गराउनेको संख्या १३ हजार ३ सय ९० रहेकोे छ । जसमध्ये ४६.८८ प्रतिशत महिला र ५३.१२ प्रतिशत पुरुषको संख्या रहेको छ । सन नेपाल लाईफ ईन्स्योरेन्स कम्पनीमा जीवन बीमा गराउनेको संख्या १३ हजार ९ सय २० रहेको छ । सो संख्यामा ३८.९७ प्रतिशत महिला र ६१.०३ प्रतिशत पुरुष रहेका छन् ।

रिलायन्स लाईफ ईन्स्योरेन्स कम्पनीमा जीवन बीमा गराउनेको संख्या ५ हजार २ सय ५९ रहेको छ । सो संख्यामा ३९.९९ प्रतिशत महिला र ६०.०१ प्रतिशत पुरुष रहेका छन् । सिटिजन्स लाईफ ईन्स्योरेन्स कम्पनीमा जीवन बीमा गर्नेको संख्या ७१ हजार २ सय ७२ रहेको छ । सो संख्यामा १०.०९ प्रतिशत महिला र ८९.९१ प्रतिशत पुरुष रहेका छन् ।

सानीमा लाईफ ईन्स्योरेन्स कम्पनीमा जीवन बीमा गर्नेको संख्या ५ हजार २ सय ६६ रहेको छ । सो संख्यामा ३२.९५ प्रतिशत महिला र ६७.०५ प्रतिशत पुरुष रहेका छन् । प्रभु लाईफ ईन्स्योरेन्स कम्पनीमा जीवन बीमा गर्नेको संख्या ४ हजार ३६ रहेको छ । सो संख्यामा ३८.०१ प्रतिशत महिला र ६१.९९ प्रतिशत पुरुष रहेका छन् ।

रिलायवल नेपाल लाईफ ईन्स्योरेन्स कम्पनीमा भने जीवन बीमा गर्ने महिलाको संख्या पुरुषको भन्दा धेरै रहेको छ । सो संस्थामा जीवन बीमा गर्नेको संख्या १ लाख ६४ हजार ९ सय १० रहेको छ । सो संख्यामा २३.४० प्रतिशत मात्र पुरुष रहेका छन् भने महिलाको संख्या ७६.६० प्रतिशत रहेको छ ।

बीमा समितिका निर्देशक राजुरमण पौडेलका अनुसार बीमा गर्नेको सङ्ख्या बढ्ने क्रममा नै रहेको छ, तर सचेतना कार्यक्रम पर्याप्त नभएकाले महिलाको संख्या कम भएको हुनसक्छ । साथै, आगामी दिनमा महिलाको सङ्ख्यामा समेत वृद्धी हुने निर्देशक पौडेलले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.