नेपालीलाई सहज बन्दै अन्तर्राष्ट्रिय श्रमबजार, ओमान र युएईबाट कस्तो आउँला सन्देश ?

  २०७५ माघ १२ गते ११:५६     विकासन्युज


काठमाडौँ । अन्तर्राष्ट्रिय श्रम बजार नेपालीहरुका लागि सहज बनाउन सरकारको सक्रियता बढेको छ । पछिल्लो समय नेपालीहरुका लागि अव्यवस्थित रहेको अन्तर्राष्ट्रिय श्रम बजारलाई सहज बनाउन नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सक्रिय भएर लागेको छ । हालैमात्र मलेसियासँग श्रम संझौता भएको थियो ।

यही शिलशिलामा नेपालीका लागि अन्तराष्ट्रिय श्रमबजार व्यवस्थित बनाउन ओमान र युएईसँग श्रम सम्झौताको विषयमा छलफल गर्न नेपाली प्रतिनिधि प्रतिनिधि मण्डल शनिबार त्यसतर्फ प्रस्थान गर्दैछ ।

आइतबार र सोमबार हुने ओमानसँगको छलफलका लागि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेको नेतृत्वमा ५ सदस्यीय टोली त्यसतर्फ प्रस्थान गर्न लागेको हो । टोलीमा कानुन मन्त्रालयका सहसचिव फडिन्द्र गौतम, परराष्ट्र मन्त्रालयका उपसचिव सुरेश अधिकारी, श्रम मन्त्रालयका उपसचिव दिपक ढकाल र शाखा अधिकृत सुरेश सुवेदी रहेका छन् ।

नेपालले आइबारबाट हुने ओमानसँगको छलफलमा नेपाली कामदारको सुरक्षा र शून्य लागतको विषयलाई प्राथमिकता दिने भएको छ । यस्तै कम्पनीमार्फत जाने व्यवस्थामा पनि जोड दिने भएको छ । ओमानसँग श्रम सम्झौताको विषयमा पहिलो पटक छलफल हुन लागेको हो ।

नेपाली टोली ओमानसँग छलफल गरेर मंगलबार त्यहीँबाट युएईका लागि प्रस्थान गर्ने बुझिएको छ । युएईसँग यसअघि सन् २००७ मा श्रम समझदारी भएपनि त्यसलाई परिमार्जन गर्न लागिएको छ । दुई देशबीच श्रम सम्झौताको मस्यौदा आदान प्रदान भइसकेको छ । ओमानसँगभन्दा नेपालले युएईसँग थप सुविधा दिन प्रस्ताव गर्ने भएको छ । युएईसँग बुधबार र बिहीबार छलफल तय भएको छ ।

युएईसँग नेपाली कामदारले पाउने सामाजिक सुरक्षा, जानु पहिले तालिम र फर्किंदा पाउने सुविधाका कुरा पनि सम्झौतामा नै राख्न नेपालले प्रस्ताव राख्नेछ ।

स्वदेशमै रोजगारी सिर्जना गरी आफ्नो देशको श्रमशक्तिलाई यही रोक्नु पर्ने हो । यो तत्काल संभव छ्रन्, बैदेशिक रोजगारीमा जाने नेपालीहरुको सामाजिक सुरक्षा लगायतका अन्य सेवा सुबिधाको बारेमा श्रमसंझौता गर्न राज्य स्तरबाट भइरहेको पहल/प्रयासलाई श्रम क्षेत्रका जानकारहरुले सकारात्मकरुपमा लिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.