जुकरबर्गको नयाँ योजना: इन्स्टाग्राम, ह्वाट्सएप र फेसबुकको म्यासेन्जरलाई मर्ज गर्दा के हुन्छ ?

  २०७५ माघ १२ गते ११:२५     विकासन्युज


काठमाडौँ । सामाजिक सञ्जाल फेसबुकले आफ्ना तीन म्यासेजिङ्ग सेवालाई मर्ज गर्ने तयारी गरेको छ । इन्स्टाग्राम, ह्वाट्सएप र फेसबुकको म्यासेन्जरलाई मर्ज गर्ने तयारी गरिएको हो ।

तीनवटै स्वतन्त्र र भिन्दै एप्लिकेशन हुनेछन् तर एकअर्कासँग जोडिने अवस्था निर्माण गर्न लागिएको छ । यसरी मर्ज भइसकेपछि तीनवटै माध्यमबाट जुन कुनैमा म्यासेज गर्न र हेर्न सकिन्छ ।

इन्स्टाग्राम, ह्वाट्सएप र फेसबुक म्यासेन्जरलाई अन्तरसम्बन्धित गर्ने फेसबुकको योजना रहेको छ । यो लामो प्रक्रिया रहेको र अहिले सुरुवाति चरणमा रहेको फेसबुकले बताएको उल्लेख गरेको छ ।यसलाई फेसबुकका संस्थापक मार्क जुकरबर्गको योजनाका रुपमा लिइएको
छ ।

मर्जरको प्रक्रिया पूरा भएपछि फेसबुक म्यासेन्जरमा रहेको व्यक्तिले वाट्सएपमा मात्रै रहेको व्यक्तिसँग सीधा म्यासेज गर्न वा संवाद गर्न सक्ने बताइएको छ । (बीबीसी हिन्दीबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.