सिजनल फ्लुलाई स्वाइन फ्लु भनेर भ्रम नफैलाऔं : कृषि तथा पशुपन्छी विभाग

  २०७५ माघ १० गते ११:२०     विकासन्युज

काठमाडौं। सिजनल फ्लुलाई स्वाईन फ्लु भनेर भ्रामक प्रचार नगरिदिन कृषि तथा पशुपन्छी विभागले आग्रह गरेको छ। विभागले बिहीवार सुचना प्रकाशित गर्दै यस्तो आग्रह गरेको हो।

सिजनल फ्लु ईन्फ्लुएन्जा ए (एच वान एन वान) भाईरसबाट लाग्ने गर्दछ। ईन्फ्लुएन्जा ए को नियमित सर्भिलेन्सबाट हाल सम्म नेपालको बुंगुरमा ईन्फ्लुएन्जा ए (एच वान एन वान) नदेखिएको र यो रोग सर्नमा बुंगुरको कुनै पनि भूमिका नरहेको बताएको छ। यो रोगलाई विश्वो स्वास्थ्य संगठनले समेत मानिसमा देखा पर्ने सिजनल फ्लु ईन्फ्लुएन्जा ए (एच वान एन वान पिडिएम ०९०) भनी नामकरण गरेको छ।

Image may contain: text

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.