को बन्ला ग्लोबल आइएमई बैंकको सिइओ ? यस्ता छन् विकल्प

  २०७५ माघ ९ गते १७:२१     विकासन्युज

काठमाडौं । ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत(सिइओ) जनकराज शर्माले राजीनामा दिएपछि सञ्चालक समितिले डेपुटी सिइओ महेश प्रसाद ढकाललाई कामु सिइओ बनाएको छ । र ढकालले बुधबारबाटै जिम्मेवारी पनि सम्हालिसकेका छन् । चार बर्षका लागि नियुक्त भएका सिइओले बिचमै राजीनामा गरेर हिडेपछि अब बैंकको नेतृत्व कस्ले गर्ला भन्ने प्रश्न उठ्न थालेको छ ।

बैंकको सिइओ बन्नका लागि यतिबेला आधा दर्जन व्यक्तिहरु दौडमा देखिएका छन् । सञ्चालक समितिले पनि उनीहरुमध्येबाटै एक जनालाई सिइओ बनाउनुपर्ने बाध्यता छ । ६ महिने कुलिङ पिरियडका कारण अहिले काम गरिरहेका बाणिज्य बैंकका सिइओमध्ये कसैलाई पनि ल्याउन पाउने सुबिधा बैंकसँग छैन् । ३ महिना भन्दा बढी समय कामु सिइओबाट बैंक चलाउन पाउने व्यवस्था पनि छैन् । त्यसकारण अबको ३ महिना भन्दा अगावै ग्लोबल आईएमई बैंकले प्रमुख कार्यकारी अधिकृतमा कसै न कसैलाई नियुक्त गर्नैपर्ने अवस्था छ ।

बैंक सञ्चालक समिति सामु आधा दर्जन छनौटका सुबिधा छन् । त्यसमध्येको पहिलो विकल्प भनेको कामु सिइओ बनाईएका महेश प्रसाद ढकाल नै हुन् । टुरिजम डेभलपमेन्ट बैंकको सिइओ रहिसकेका उनी चाटर्ड एकाउन्टेन्ट हुन् । नयाँ पुस्ताका सिइओ मार्फत बैंकलाई एग्रेसिभ मुभमा लैजान सञ्चालक समितिका लागि उनी एक विकल्प हुन सक्छन् । तर उनले भने आफु अर्काे व्यवस्था नभएसम्मका लागि मात्रै आएको बताएका छन् । ‘अर्काे व्यवस्था नभएसम्मका लागि भनेर मलाई कामु सिइओ बर्नाइएको हो, अहिले नै अरु केहि भन्नु हतारो हुन्छ’, कामु सिइओ ढकालले भने ।

बैंकका लागि दोश्रो विकल्पका रुपमा नविल बैंक छाडेर हिमालयन डिष्टिलरी पुगेका शशिन जोशी हुन सक्छन् । स्थापित तथा परिपक्क बैंकर जोशी मार्फत बैंकले नयाँ उचाई प्राप्त गर्न सक्छ । बैंकका लागि तेश्रो विकल्पका रुपमा नेपाल इन्स्योरेन्स कम्पनीका सिइओ विजय बहादुर शाह हुन सक्छन् । राम्रा इन्स्योरेन्स कम्पनीहरुको सफल नेतृत्व गरिसकेका शाह र बैंकका अध्यक्ष ढकालको सम्बन्ध समेत राम्रो रहेको बताइन्छ ।

कर्मचारी सञ्चय कोषका पुर्व प्रशासक कृष्ण आचार्य पनि बैंक सञ्चालक समितिका लागि चौथो विकल्प हुन सक्छन् । उनले संस्थागत सुशासन अभिवृद्धि र सरकारी बिजनेश ल्याउन बिशेष भूमिका निर्वाह गर्न सक्ने बताइन्छ । बैंक सञ्चालक समिति सामु रहेको पाचौं विकल्प भनेको राष्ट्रिय बाणिज्य बैंकका पुर्व प्रमुख कार्यकारी अधिकृत कृष्ण शर्मा हुन् । त्यसो त छैठौ विकल्पका रुपमा पूर्व बैंकर अनलराज भट्टराई पनि छन् । ‘हामी विकल्पहरुका बारेमा गहन छलफलमा छौं, उपयुक्त पात्रलाई उपयुक्त समयमा नियुक्त गर्छाै’, बैंकका एक सञ्चालकले भने ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.