गोर्खाज फाइनान्सको साधारणसभा फागुन १० गते, के के छन् एजेन्डा ?

  २०७५ माघ ८ गते ८:४१     विकासन्युज

काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडले साधारणसभा बोलाएको छ । बोर्ड सञ्चालक समितिको सोमबारको बैठकले फागुन १० गते ११ बजे नक्सालस्थित सेलेब्रेशन ब्याङकेटमा बस्ने गरी साधारणसभा आह्वान गरेको हो । फाइनान्सले सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने, अघिल्लो आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन पारित गर्ने, आगामी वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने र सर्वसाधारण शेयरधनीको तर्फबाट एकजना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा राखेको छ ।

उक्त प्रयोजनका लागि फाइनान्सले माघ २९ गतेलाई बुक क्लोजको मिति तय गरेको छ । उक्त दिनसम्म शेयर होल्ड गर्ने वा खरिद गर्नेले साधारणसभामा उपस्थिति जनाउन सक्नेछन् । फाइनान्सले यो वर्ष कुनै पनि प्रकारको लाभांश दिँदै छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.