नेपाल रेमिटसँग कामना सेवाको विप्रेषण कारोबार सम्झौता

  २०७५ माघ ७ गते १८:५४     विकासन्युज

काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेड र नेपाल रेमिट इटरनेशनलप्रा. लि.बीच सोमबार विप्रेषण कारोबार सेवाप्रदानगर्ने गरि सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता अनुसार अब बैंकका ग्राहकहरुले मुलुकभर फैलिएका ६३ वटै शाखाहरुबाट सहज रुपमा नेपाल रेमिट इटरनेशनल प्रा.लि.को विप्रेषण कारोबार सेवा प्रदान गर्न सक्ने छन् । सम्झौतासँगै बैंकको व्यवसाय प्रवर्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरु लाभान्वित हुने बैंकले जनाएको छ ।

सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट डिपोजिट तथा ट्रान्जेक्सन बैकिङ्ग प्रमुखसुवास भट्टराई र नेपाल रेमिट इटरनेशनलप्रा. लिको तर्फबाट कार्यकारी निर्देशकश्री सुमित मित्तलले हस्ताक्षर गरेका छन् । काठमाडौं-३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ६३ वटा शाखा तथा १७ वटा एटीएम मार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.