स्ट्याण्डर्ड चार्टर्ड बैंकको साढे १७ प्रतिशत नगद लाभांश पास

  २०७५ माघ ७ गते १८:४३     विकासन्युज

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडको प्रस्तावित १७.५० प्रतिशत नगद लाभांश पास भएको छ । सोमबार सम्पन्न बैंकको ३२औँ वार्षिक साधारणसभाले कम्पनी सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो ।

बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको सो मात्राको नगद लाभांश वितरण गर्ने छ । हाल बैंकको चुक्ता पुँजी ८ अर्ब एक करोड रुपैयाँ रहेको छ ।

एनएफआरएस अनुसार बैंकले कर पछिको खुद मुनाफा अघिल्लो वर्षको तुलनामा ४१ प्रतिशतले वृद्धि गरी २ अर्ब १९ करोड रुपैयाँ पुर्याएको छ । २८ वाणिज्य बैंकहरुमा २ अर्ब बढी नाफा कमाउने ५ कम्पनीमध्ये एक हो ।

त्यस्तै, कम्पनीको आयमा वृद्धि भई प्रतिसेयर आम्दानी ४.५६ प्रतिशतले बढेर २७.३३ रुपैयाँ पुगेको छ । बैंकको ५० प्रतिशत भन्दा बढी रुपैयाँ जगेडा कोषमा रहेको छ । त्यस्तै, बैंकको खुद ब्याज आम्दानी ७० र आधार दर ८ प्रतिशत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.