आजदेखि ठूला भारतीय नोट नेपालमा अवैध, राष्ट्र बैंकले जारी गर्यो यस्तो निर्देशन

  २०७५ माघ ६ गते १६:४२     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपालमा भारतीय २००, ५०० र २००० दरका नोटहरु नेपालमा अवैध हुने ठहर गरेको छ । बैंकले एकीकृत इ.प्रा. परिपत्र १/२०७४ को बुँदा १.१ अन्तर्गत १.११.६ को खण्ड क संशोधन गरी त्यस्तो व्यवस्था गर्दै यस्ताे निर्देशन दिएकाे जनाएको हो ।

सरकारले यसअघि नै सो दरका भारतीय नोटलार्इ नेपालमा चलनचल्ती हुन नदिने बताइसके पनि मौद्रिक नियमनको अधिकार पाएको नेपाल राष्ट्र बैंकले निर्देशन जारी गरेपछि मात्र उक्त निर्णयले आधिकारिकता पाउने भएकाे हो ।

भारतले उक्त दरका नोटहरु नेपालमा चलाउन नदिने भएपछि नेपाल सरकारले यसअघि नै आफ्ना नागरिकहरुलाई सो जानकारी गराएको थियो । सरकार र राष्ट्र बैंकले भारतीय पक्षलाई नोट चलाउन दिने व्यवस्था गर्न पटकपटक आग्रह गरे पनि भारतीय पक्षले नमानेपछि राष्ट्र बैंकले त्यस्तो निर्देशन दिएको हो ।

नेपाल राष्ट्र बैंकको निर्देशनसँगै नेपालमा भारतीय रुपैंया आजदेखि अवैध हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.