मुनाल बचत तथा ऋण सहकारी ११ औं वर्षमा प्रवेश

  २०७५ माघ ३ गते १८:१७     विकासन्युज

काठमाडौँ । पोखराको मुनाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड बिहिबारबाट स्थापनाको दशौं वर्ष पूरा गरी एघारौं वर्षमा प्रवेश गरेको छ ।

सहकारीले आफ्नो एघारौं वार्षिक उत्सवको अवसरमा पोखरा महानगरपालिका वडा ६ लेकसाईड स्थीत कोपिला नेपाललाई आर्थिक सहयोग प्रदान गरेको छ । एक समारोहका बिच कोपिला नेपालका संस्थापक अध्यक्ष तिर्थ थापा र कार्यकारी निर्देशक बिना सिलवाललाई सहकारी संस्थाका अध्यक्ष दुर्गाप्रसाद हुमागाईले सहयोग रकम हस्तान्तरण गरेका हुन् । कार्यक्रममा मुनाल सहकारीका सञ्चालकहरु र कोपिला नेपालका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।

संस्थाको सामाजिक उत्तरदायीत्व अन्र्तगत कोपिला नेपालले संचालन गरेको महिला सुरक्षा घरको संचालानार्थ उक्त आर्थिक सहयोग हस्तान्तरण गरेको सहकारी संस्थाका सचिब मगनलाल श्रेष्ठले बताए । सहकारीले हरेक वर्ष आफ्नो वार्षिक उत्सवमा यसरी नै बिभिन्न सामाजिक कार्य गर्दै आईरहेकोे जनाएको छ । २०६५ माघ ०३ गते देखी कारोवार सञ्चालन गरेको यस सहकारीको कास्की जिल्लाभरी कार्यक्षेत्र रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.