२ अर्ब ९० करोड निक्षेप राख्ने बैंक खोज्दै नागरिक लगानी कोष

  २०७५ माघ २ गते ९:१६     विकासन्युज

काठमाडौं । नागरिक लगानी कोषले २ अर्ब ९० करोड निक्षेप राख्ने बैंकको खोजी सुरु गरेको छ । बैंकले एक बर्षका लागि २ अर्ब ९० करोड रुपैंयाँ मुद्धति निक्षेपमा राख्न चाहेकाले इच्छुक बाणिज्य बैंकहरुलाई आवेदन दिन भनेको हो ।

बैंकहरुले चाहेको रकम, ब्याजदर र ब्याज भुक्तानीको अवधी उल्लेख गरेर माघ ७ गते १ बजेभित्र आवेदन दिन सक्नेछन् । बाणिज्य बैंकहरु लगानीयोग्य पुँजीको अभाव खेपिरहेका बेला २ अर्ब ९० करोढ रुपैंयाँको निक्षेप लिने अवसर प्राप्त हुन लागेको हो ।

सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले २ अर्ब ९० करोडको निक्षेप आउनु राम्रो संकेत भएका बताए । उनले संस्थागत निक्षेपका लागि ९.५ प्रतिशत भन्दा बढी ब्याज दिन नपाउने व्यवस्था रहेकाले सबैं बैंकहरुले सोही दरमा प्रतिष्पर्धा गर्ने पनि स्पष्ट पारे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.