माछापुच्छ्रे बैंक, टाइम्स रेमिट र एएमभी टेल कम्पनीबीच मोबाइल वालेट सेवा सम्बन्धी सम्झौता

  २०७५ माघ १ गते ११:४१     विकासन्युज


काठमाडौँ । माछापुच्छ्रे बैंक, टाइम्स रेमिट र एएमभी टेल कम्पनी बीच बैंकका ग्राहकहरुका साथै सर्वसाधारणका लागी सुविधा स्वरुप रेमिटएप मोबाइल वालेट सेवा सम्बन्धी त्रि-पक्षीय सम्झौता भएको छ ।

सम्झौतापत्रमा माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा तथा टाइम्स रेमिट र एएमभी टेलको तर्फबाट क्रमशः प्रबन्ध निर्देशक अनिल स्थापित र प्रबन्ध निर्देशक अनिल शर्माले हस्ताक्षर गरे । समारोहमा टाइम्स रेटिका महाप्रबन्धक सुदनसिंह सिलवालको पनि उपस्थिति रहेको थियो ।

सम्झौता अनुसार माछापुच्छ्रे बैंकका ग्राहक एवम् सर्वसाधारणले रेमिटएप वालेट प्रयोग गरी विदेशबाट आफ्ना आफन्तहरुलाई रेमिटेन्स पठाउन सक्नेछन् । साथै डोमेस्टिक रेमिटेन्स र बिल भुक्तानीको सुविधापनि उपभोग गर्न पाउने छन् ।

बिल भुक्तानीका अलावा ग्राहकहरुले आफ्नो बैंक खाताबाट वालेटमा तथा वालेटबाट बैंक खातामा आफुले चाहेको रकम समेत स्थानान्तरण गर्न सक्नेछन् । यस रेमिटएप,आईओएस तथा एन्ड्रोएड दुबै ओपरेटीङ सिस्टम प्रयोगकर्ताको लागी उपलब्ध छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.