सिन्धु विकास बैंकको अध्यक्षमा राजेन्द्रकुमार श्रेष्ठ चयन

  २०७५ पुष ३० गते १३:००     विकासन्युज

काठमाडौँ । सिन्धु विकास बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा राजेन्द्रकुमार श्रेष्ठ चयन भएका छन् । पुस २८ गते सम्पन्न नवौँ वार्षिक साधारण सभाबाट संस्थापक शेयरधनी श्रेष्ठ सहित निभा डंगोल श्रेष्ठ र कर्मचारी सञ्चय कोष सञ्चालक समिति सदस्य निर्वाचित भएको थियो ।

साथै, पुस २९ गते ज्येष्ठ सञ्चालक राजेन्द्रप्रसाद पोखरेलको संयोजकत्वमा बसेको बैठकले राजेन्द्रकुमार श्रेष्ठलाई अध्यक्षमा चयन गरेको कम्पनी सचिव पुष्कर जिसीले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.