सट्टा तथा लियन शिक्षकहरु आन्दोलित, बुझाए ज्ञापन पत्र

  २०७५ पुष २८ गते १७:४९     विकासन्युज


काठमाडौँ । श्रोत व्यक्ति सट्टा शिक्षकहरु आन्दोलित भएका छन् । सरकारले श्रोत केन्द्रमा कार्यरत श्रोतव्यक्तिहरुलाई विद्यालयमा फर्काउन निर्णय गरेपछि उनीहरुको सट्टामा कार्यरत शिक्षकहरु आन्दोलित भएका छन् । श्रोतव्यक्ति सट्टा शिक्षक केन्द्रीय संघर्ष समिति नेपालले श्रोत व्यक्ति फिर्ताको निर्णय अबिलम्ब सच्याउन र सट्टा तथा लियन शिक्षकहरुको रोजगारीको ग्यारेन्टी गर्न माग गरेको छ ।

संघर्ष समितिका अध्यक्ष बासुदेव शर्माको नेतृत्वमा संघर्ष समितिका सदस्यहरुले नेपाल राष्ट्रिय शिक्षक संगठन केन्द्रीय अध्यक्ष लक्ष्मण खतिवडालाई ज्ञापन पत्र समेत बुझाएका छन् । मुलुकभर सट्टा तथा लियन शिक्षकहरु १ हजार ५३ जना रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.