१० लाख आप्रवासीलाई भित्र्याउने तयारीमा क्यानडा

  २०७५ पुष २८ गते ८:०६     विकासन्युज

 

काठमाडौं। के तपाईँ क्यानडा जानेबारे सोचिरहनुभएको छ ? अब झोला प्याक गर्न थाल्नुभए हुन्छ । क्यानडाको संसदले तीन वर्षभित्र १० लाख भन्दा बढीआप्रवासीलाई स्थायी आप्रवासन अनुमतिपत्र दिने प्रस्ताव पारित गरेको छ । क्यानडाको यस्तो कदम ल त्यहाँ प्रतिवर्ष १ प्रतिशत जनसंख्या थपिनेछ ।

२०१८ मा क्यानडाले २ लाख ८६ हजारलाई स्थायी आप्रवास गर्ने अनुमति प्रदान गरेको थियोे । २०१९ मा यो संख्या साढे ३ लाख भन्दा बढी हुने अनुमान गरिएको छ । त्यस्तै २०२० मा ३ लाख ६० हजार र २०२१ मा ३ लाख ७० हजारलाई त्यस्तो अनुमतिपत्र प्रदान गरिनेछ ।

क्यानेडियन अध्यागमन, शरणार्थी तथा नागरिकता मन्त्री अमिद हुसेनले भने –‘विश्वभरबाट यहाँ पाल्नुहुने महानुभावहरुलाई इतिहासले स्वागत गरेको छ । विकसित एवं सवल यस क्यानडा देशमा तपाइँहरु खुसी हुनुहुनेछ ।’

हुसेन आफैं पनि सोमालियाबाट आएका शरणार्थी हुन् । हुसेनले क्यानडाको यस्तो कार्यले घट्दो जनसंख्याकाबीच बढ्दो श्रम आपुर्ति समस्यालाई समाधान गर्नेछ ।

क्यानडाका अन्य मित्रराष्ट्रहरुले सुरक्षा जोखिम बढेको भन्दै आप्रवासन नीतिमा कडाई गरिरहँदा उसले भने उदार नीति अपनाइरहेको छ । क्यानडाले यो कार्यलाई प्रमुख प्राथमिकतामा राखेको बताएको छ । हालसम्म क्यानडाका कुल आप्रवासीको संख्या ६ करोड ८५ लाख नाघेको संयुक्त राष्ट्रसंघीय शरणार्थी नियोगले जनाएको छ ।

( सिएनएनबाट नेपालीमा उल्था गरिएको )

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.