स्वावलम्बन लघुवित्तको ३६.८४ प्रतिशत लाभांश पारित

  २०७५ पुष २६ गते १७:१४     विकासन्युज

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको १७ औं वार्षिक साधारणसभामा  ३६.८४ प्रतिशत लाभांश पारित भएको छ । संचालक समितिका अध्यक्ष रामकुमार श्रेष्ठको अध्यक्षतामा बसेको सभाले सेयरधनीलाई २५ प्रतिशत बोनस र ११.८४ प्रतिशत नगद गरी ३६.८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

वित्तीय संस्थाले आर्थिक वर्ष २०७४÷७५ मा रु.३४ करोड ३० लाख ४९ हजार ७ सय २५ रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । सभाले वित्तीय संस्थाको सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने रिक्त संचालक पदमा बाँकी अवधिको लागि विष्णुप्रसाद त्रिपाठीलाई संचालकमा निर्बिरोध निर्वाचित गरेको हो ।

चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म ५७ जिल्लाका १२८ शाखा/उपशाखा कार्यालय तथा ९ वटा इलाका कार्यालयबाट २ लाख २८ हजार १ सय १९ महिला ग्राहक सदस्यहरुलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ । कर्जा रकम रु.११ अर्व २६ करोड ४२ लाख १६ हजार पुगेको छ ।

वित्तीय संस्थाको आन्तरिक पूँजी निर्माणमा सहयोग पुग्ने सदस्यको बचत यस अवधिसम्ममा रु.६ अर्व ३४ करोड ९२ लाख ४० हजार रहेको छ । संस्थाको अधिकृत पूँजी १ अर्ब रहेको छ भने चुक्ता पूँजी रु.७० करोड २४ लाख ७१ हजार ३ सय ९३ कायम गर्ने निर्णय समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.