८.५ % बोनस शेयर वितरण गर्ने कुमारी बैंकको घोषणा

  २०७५ पुष २६ गते ११:५५     विकासन्युज

काठमाडौँ । कुमारी बैंक लिमिटेडले ८.५ प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको छ । पुस २५ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७४/०७५ को नाफाबाट बोनस शेयर दिने घोषणा गरेको हो ।

चुत्तापूजी ७ अर्ब १६ करोड ३३ लाख ९४ हजार ९ सय ७३ रुपैयाँकोे ८.५ प्रतिशत अर्थात ६० करोड ८८ लाख ८८ हजार ५ सय ७३ रुपैयाँ बराबरको बोनश शेयर वितरण गर्ने सञ्चालक समितिले प्रस्ताव पारित गरेको हो । नेपाल राष्ट्र बैंकको स्वीकृति पछि साधारण सभाले पारित गरेपछि मात्र बोनश शेयर वितरण हुने कम्पनी सचिव नरेन्द्रप्रसाद छत्कुलीले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.