एनआईसी एशिया बैंक र वोल्ड रेमिटबीच रेमिटेन्स सम्झौता

  २०७५ पुष २६ गते ११:३९     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंकले वोल्ड रेमिटसँगको सहकार्यमा ५० भन्दा बढी देशबाट इनवार्ड रेमिटेन्सको सुरुवात गरेको छ । बैंकले यस सम्बन्धमा वोल्ड रेमिट, यूकेसँग सम्झौता गरि नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरेको हो ।

वोल्ड रेमिटको न्यूनतम शुल्क तथा ठूलो साझेदार विस्तारका कारण नेपालमा आउने वोल्ड रेमिट मार्फतका कारोवार वार्षिक १६०% ले वृद्घि भइरहेको छ ।

उक्त सम्झौता अनुसार वोल्ड रेमिट मार्फत कतार, साउदी अरबिया, युएई, कुवेत, जापान, क्यानडा, अस्टे«लिया, न्यूजलेन्याण्ड, यूके, यूएस्ए र यूरोप लगायत विभिन्न ५० भन्दा बढी देशमा रहेका छन् ।

नेपालीहरुले नेपालमा रहेका आफन्तहरु वा अन्य व्यक्तिहरुले तुरुन्त भुक्तानी पाउने गरी पठाएको विप्रेषण रकम यस बैंकका मुलुकभर फैलिएको २७० वटा शाखा कार्यालयहरु तथा ६ हजार ७०० भन्दा बढी सहायक प्रतिनिधिहरु मार्फत सरल र सुलभ रुपमा भुक्तानी पाउन सकिने छ ।

वोल्ड रेमिटको ग्राहकले एजेन्टका मार्फत विप्रेषण सेवा नलिकन आफै आफ्नो मोवाइल मार्फत परिवार तथा साथीहरुलाई तुरुन्त भुक्तानी पाउने गरी पैसा पठाउन सक्ने व्यवस्था रहेको छ । यो सेवाले ग्राहकको समय तथा पैसाको बचत हुनेछ । वोल्ड रेमिटले ग्राहकहरुलाई आफ्नो परिवार तथा साथीहरुलाई विभिन्न माध्यम जस्तै केस पिकअप तथा व्याक टान्सफरद्वारा पैसा पठाउने सेवा दिइरहेको छ ।

मुलुकभर २७० शाखा कार्यालयहरु, २८९ एटिएम, ३७ वटा एक्स्टेन्सन काउण्टर एवं २२ वटा शाखारहित बैंकिङ्ग मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । बैंकको वासलातको आकार रू. २१५ अर्ब भन्दा बढि पुगेको छ भने कुलनिक्षेप करिब रू. १६९ अर्ब तथा कुलकर्जा करिब रू. १४७ अर्ब रहेको छ । हालसम्म बैंकका ग्राहक संख्या करिब १४ लाख रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.