होलबडी परीक्षण गर्ने हो ? काठमाडौँका यी ९ अस्पताल, कस्ले लिन्छन् कति शुल्क ?

  २०७५ पुष २५ गते ११:१७     डोमी शेर्पा

काठमाडौँ । नेपालीहरु पनि बिस्तारै आफ्नो स्वास्थ्यप्रति चनाखो हुन थालेका छन् । रोग लागेपछि मात्र उपचारका लागि अस्पताल जाने होइन, वर्षमा एक पटक शरीरको अवस्था के कस्तो छ भनेर होलबडी परीक्षण(चेकअप) गर्नेहरुको संख्यापनि बिस्तारै बढ्न थालेको छ ।

काठमाडौंको प्रायः जस्तो अस्पतालमा होलबडी चेकअपको हुन्छ । तर, यो सेवा बापतको शुल्क भने अस्पतालै पिच्छे फरक छ । यही शुल्कको फरकपनले सेवाको गुणस्तरपनि फरक छ कि ? सेवाग्राहीहरु अलमलमा पर्ने गरेका छन् ।

यदी तपाईँपनि होलबडी चेकअप गर्दै हुनुहुन्छ भने कुन अस्पतालमा कति शुल्क लाग्छ भन्ने कुरामा कत्तिको जानकार हुनुहुन्छ ? आज हामी काठमाडौँमा उपत्यकामा रहेका र होल बडी चेकअप हुने केही अस्पताल र ती अस्पतालले सामान्य होल बडी चेकअपमा कति सेवा शुल्क लिन्छन् भन्ने बारेमा जानकारी दिंदैछौं ।
१. अल्का अस्पताल:

जावलाखेलमा रहेको अल्का अस्पतालले जेनेरल होलबडी चेकअपको सेवा शुल्क ७ हजार ५ सय रुपैयाँले लिने गरेको छ ।

२. ओम अस्पतालः
चाबाहिलमा रहेको ओम अस्पतालमा होलबडी चेकअपको महिला र पुरुषलाई फरक–फरक शुल्क लिने गरिन्छ । महिलाको लागि १३ हजार ९ सय ५ रुपैयाँ र पुरुषको लागि १४ हजार ६ सय ६५ रुपैयाँ लाग्ने अस्पतालले जनाएको छ ।

३. बि एन बि अस्पतालः
ग्वार्को स्थित बि एन बि अस्पतालमा होलबडी चेकअपको शुल्क ४० बर्ष भन्दा मुनिको लागि ९ हजारदेखि १८ हजारसम्म र ४० वर्ष भन्दा माथिका सेवाग्राहीको लागि २० हजारसम्म लिइन्छ ।

४. नेपाल मेडिकल कलेज (टिचिङ अस्पताल)
जोरपाटीमा रहेको यस अस्पतालमा होलबडी चेकअप ५ हजार रुपैयाँमा गर्न सकिन्छ ।

५. नर्भिक अस्पताल
थापथलीमा रहेको नर्भिक अस्पतालमा होलबडी चेकअप गर्न ७ हजारदेखि २० हजारसम्म लाग्ने बताइन्छ ।

६. किष्ट मेडिकल कलेज तथा टिचिङ अस्पताल
ग्वार्कोमा रहेको यस अस्पतालमा ९ हजारमा होलबडी चेकअप गर्न सकिन्छ । सामान्य चेकअप मात्र गर्ने हो भने चाँही ३ हजार शुल्क लाग्ने अस्पतालले जनाएको छ ।

७. काठमाडौँ मेडिकल कलेज तथा टिचिङ अस्पताल
सिनामंगल स्थित यस अस्पताल ५ हजार रुपैयाँमा होलबडी चेकअपको गर्न सकिन्छ ।

८. ग्रान्डी अस्पताल
टोखामा रहेको यस अस्पतालमा २ हजारदेखि २० हजार रुपैयाँसम्ममा होलबडी चेकअप गर्न सकिन्छ ।

९. मेडीसिटी अस्पताल
नक्खुमा रहेको यस अस्पतालमा ४ हजारदेखि २१ हजार सम्म होलबडी चेकअपको सेवा शुल्क निर्धारण गरिएको छ ।

होलबडी चेकअपमा के के परीक्षण गरिन्छ ?
होलबडी भन्ने बित्तिकै सम्पूर्ण शरीर भन्ने बुझिन्छ । सामान्यतया होलबडी चेकअपमा रगत जाँच, दिसा जाँच, पिसाब जाँच, डेन्टल जाँच, छातीको एक्स रे, मुटुको जाँच र चिकित्सक सरसल्लाह लिने गरिन्छ ।

होलबडी चेकअप किन ?
बढ्दो प्रदूषण, अस्तव्यस्त जीवनशैली र खानपानले गर्दा आजकल निरोगी मानिस भेट्टाउनै मुस्किल भईसकेको छ । ठूलै रोगले नसताए पनि साना साना रोगले प्रायः मानिसहरुलाई शारीरिक र मानसिक रुपमा सताईरहेको हुन्छ । त्यसैलेपनि वर्षमा १ पटक होलबडी चेकअप गर्नुलाई राम्रो मानिन्छ । आफ्नो स्वास्थ्यको जाँच सामान्यतया उपयोगी नै हुन्छ र यो कुनैपनि उमेरमा गर्न सकिन्छ ।

कस्तो मानिसले कहिले जाँच गराउने ?
यदि तपाईं ३० बर्षभन्दा कम उमेरको अनि स्वस्थ हुनुहुन्छ, धुम्रपान गर्नु हुन्न र तपाईंलाई कुनै रोगको जोखिम देखा परेको छैन भने, वजन बढी छैन र डाक्टरद्वारा दिईएको औषधी खानु भएको छैन भने तपाईंले हरेक दुई देखि तीन वर्षसम्म चेक अप गर्नसक्नु हुन्छ ।

यदी तपाईंको उमेर ३०-४० वर्षको बीचमा छ र तपाईं स्वस्थ व्यक्तिमा पर्नुहुन्छ भने तपाईंले हरेक वर्षको चेकअप गर्दा राम्रो हुन्छ । र, यदी तपाईंको उमेर ५० नाघीसकेको छ भने तपाईंले नछुट्टाई हरेक बर्ष चेकअप गर्नु जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.