रुकुमकाे ३ स्थानमा कुमारी बैंकको शाखारहित बैंकिङ्ग सेवा विस्तार

  २०७५ पुष २४ गते १८:२६     विकासन्युज

काठमाडौं । कुमारी बैंकले पश्चिम रुकुमका ३ स्थानबाट शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । उक्त शाखा रहित सेवाको थालनी पश्चात् स्थानीय वासिन्दाहरुले रुकुमको मुसीकोट नगरपालिका–४ सोलाबाङ्ग, त्रिवेणी गाउँपालिका–३ झुल्नेता र सानीभेरी गाउँपालिका–९ सिम्लीबाट विभिन्न बैंकिङ्ग सेवाहरुको लाभ उठाउन सक्नेछन् ।

पाँच वर्षअघि जिल्ला सदरमुकाम मुसिकोट, खलङ्गामा शाखा विस्तार गरेर स्थानीयस्तरमा बैंकिङ्ग सेवा दिईरहेको कुमारी बैंकले ग्राहकहरुको सुविधा÷सहजतालाई ध्यानमा राखी उल्लेखित स्थानमा फिनलिट नेपालको सहकार्य गरेको छ । सोलाबाङ्गस्थित श्री बालकल्याण माध्यमिक विद्यालयको प्राङ्गणमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत राजीव गिरीले शाखारहित बैंकिङ्ग सेवाको एक समारोहबीच उद्घाटन गरेको थिए ।

हाल देशभरि ८८ शाखाहरु, ८१ एटिएमहरु तथा २ एक्सटेन्सन् काउन्टरहरुबाट अत्याधुिनक प्रविधियुुक्त ईन्टरनेट बैंकिङ्ग, मोबाइल बैंकिङ्ग, भाइबर बैंकिङ्ग, रेमिट्यान्स, सि–आस्वा लगायतका विविध सेवाहरु दिँदै आईरहेको कुमारी बैंकले आगामी दिनहरुमा अझ प्रभावकारी सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.