एफपीओको नाममा ब्रह्मलुट गर्ने दिन अब सकियो, धितोपत्र बोर्डले चाल्यो यस्तो कदम

  २०७५ पुष २४ गते १७:२६     विकासन्युज

काठमाडौं । नेपाल धितोपत्र बोर्डले आईपीओ तथा एफपीओको उच्च मूल्यमा प्रिमियम निर्धारणमा अंकुश लगाएको छ ।

बोर्डले यसअघि गठित पुँजीवजारको समस्या समाधान गर्न गठित समितिले दिएको सुझावअनुसार बोर्डले आईपीओमा नेटवर्थको बढीमा २ गुणा र एफपीओमा बढीमा नेटवर्थकै मूल्यसम्ममा मात्र मूल्य निर्धारण गर्नुपर्ने व्यवस्था गरेको हो ।

यसअघि आइपीओ र एफपीओ दुवैको लागि नेटवर्थको ४ गुणासम्म मूल्य निर्धारण गर्नसक्ने व्यवस्था थियो ।

बोर्डका सहप्रवक्ता निरञ्जय घिमिरेले उक्त निर्णय लागु गरिएको भन्दै हाल बोर्डबाट स्थानीयवासीका लागि शेयर जारी गर्ने अन्तिम स्वीकृति   गरिसकेको कम्पनीका लागि बाहेक अन्य कम्पनीका हकमा त्यो नियम लागु हुने बताए ।

बोर्डबाट गरिएका उल्लेखिक व्यवस्थाबाट धितोपत्र बजारमा हुने लगानीको जोखिम न्यूनीकरण हुने, ऋणपत्र बजारमा सर्वसाधारण सहभागिता अभिवृद्धि हुने तथा समग्र धितोपत्र बजारको विकासमा सकारात्मक प्रभाव पर्ने अपेक्षा बोर्डले गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.