माछापुच्छ्रे बैंकका नवनिर्वाचित अध्यक्ष डा.महतोले गरे सपथ ग्रहण

  २०७५ पुष २४ गते १६:५२     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंकको २०औं साधारण सभाबाट अध्यक्ष पदमा निर्विरोध निर्वाचित डा. विरेन्द्रप्रसाद महतो अध्यक्ष पदमा घोषित भएका छन् । उनले नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजीवि नेपालले समक्ष पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।

बैंकको उक्त साधारण सभाबाट रोशन केसी र गोपीकृष्ण न्यौपाने पनि सञ्चालक पदमा निर्विरोध निर्वाचित भएका थिए । बैंकको देशभरि ८८ वटा शाखाहरु, २ एक्सटेन्सन काउण्टर लगायत ५२ शाखा रहित बैकिङ्ग सेवा गरी जम्मा १४२ स्थानबाट ग्राहकमा सम्पुर्ण बैंकिङ्ग सुविधा प्रदान गरीरहेको छ । साथै, बैंकको देशभर १११ वटा एटीएमहरु सञ्चालनमा छन्र ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.