चेम्बर अफ कमर्सको ६८औं सधारणसभामा प्रधानमन्त्रीको बाचा- कहाँ अप्ठ्यारो पर्यो आउनुहोस्

  २०७५ पुष २४ गते ११:२३     विकासन्युज

   काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नीजि क्षेत्रसँग सहकार्य गर्न सरकार तयार रहेको बताएका छन् । चेम्बरकाे ६८ औं सधारणसभामा नेपाल अफ कमर्सलाई शुभकामना दिदैं ओलीले कमर्सको मागमा सम्बोधन गर्न तयार रहेको बताएका हुन् ।

‘कुन नियम, कुन कानून, कुन ऐन कहाँ काम गर्न बाधा भयो तपाईहरु नै सच्याएर ल्याउनुहोस् छलफल गरौं परित गरौं ओलीले भने अब निजी क्षेत्रलाई हेर्ने दृष्टीमा सरकार निकै लचिलो छ ।’

ओलीले उद्यमशिलताको लागि जमिन एकिकृत गर्नुपर्नेमा जोड दिए । सहकारीको मार्फत जमिन एकिकृत गरी उद्यमशिलताको विकास गर्नुपर्नेमा उनको जोड रहेको थियो ।

कार्यक्रममा चेम्बरको अध्यक्ष राजेशकाजी शाक्यले व्यवसायीहरुको समस्याबारे प्रधानमन्त्री समक्ष ब्रिफिङ गरका थिए । जवाफमा प्रधानमन्त्रीले ओलीले भने-‘चेम्बरको मागप्रति सहमत छु ।’

यसैगरी चेम्बरले बडी बिल्डर महेश्वर महर्जन, मिस नेपाल श्रृङ्खला खतिवडा, फर्स्ट रनरअप मनिता देवकोटा, विप्लव पौडेललाई सम्मान गरेको छ।

यस्तै चेम्बरका पूर्व अध्यक्षहरु सुरेन्द्रवीर मालाकार र महेशकुमार अग्रवाल एफवान सफ्टका अध्यक्ष विश्वास ढकाल, व्यवसायी चिरञ्जीलाल अग्रवाललाई समेत सम्मान गरको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.