एसबिआई बैंकले १५ प्रतिशत लाभांश दिने, यस्तो छ कम्पनीको विवरण

  २०७५ पुष २३ गते १८:२७     विकासन्युज

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले १५.७९ प्रतिशत लाभांश दिने भएको छ । बैंकले गत वर्षको नाफाबाट तथा विगत वर्षका नाफाबाट सेयरधनीहरुलाई ५ प्रतिशत बोनस र १०.७९ प्रतिशत नगद(कर समेत) गरी सो मात्राको लाभांश दिने प्रस्ताव गरेको छ ।

संचालक समितिको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ । बैंकको आगामी वार्षिक साधारणसभा पुस ३० गते भद्रकालीको त्रिभुवन आर्मी अफिसर्स क्लबमा बस्दै छ ।

यस्तो छ कम्पनीको विवरण

बैंकको खुद ब्याज आम्दानी ३८.३० प्रतिशतले बढेर ४ अर्ब १४ करोड रुपैयाँ पुगेको छ । साथै, संचालन मुनाफामा २४.४१ प्रतिशतको वृद्धि भई २ अर्ब ७६ करोड रुपैयाँ पुग्यो । बैंकको मुनाफामा २९.३२ प्रतिशतले बढेर २ अर्ब ०२ करोड रुपैयाँ नाघेको छ । कम्पनीको कोषको लागत ५.४५ प्रतिशत रहेको छ, जुन गत वर्ष ३.५४ प्रतिशत रहेको बैंकले जनाएको छ ।

बैंकको खर्च आम्दानी अनुपात ३५.६९ प्रतिशत रहेको छ, जुन गत वर्ष पनि ३७.९४ प्रतिशत थियो । बैंकले अन्य आम्दानी १ अर्ब २२ करोड रुपैयाँ आर्जन गर्न सफल भएको छ । कर्जा निक्षेप अनुपात (नेपाल राष्ट्र बैंकको निर्देशिक बमोजिम) ७४.३८ प्रतिशत रहेको छ ।

बैंकको पू्ँजी पर्याप्तता अनुपात नियामक निकायले तोकेको न्यूनतम ११ प्रतिशतको तुलनामा १५.१५ प्रतिशत रहेको छ । बैंकले आफ्नो सम्पत्तिको गुणस्तरमा उल्लेख्य सुधार गर्दै खूद निष्कृय कर्जा ०.२० प्रतिशत कायम गरेको छ ।

साथै, बैंकले यस वर्ष १ लाख २३ हजार ५८४ नयाँ बचत खाता खोल्न सफल भयो । दर्ता भएका निक्षेप खाताहरुको संख्या अघिल्लो वर्षको तुलनामा १५.३९ प्रतिशतले वृद्धि भई ८.३२ लाख पुग्यो ।

बैंकले साना तथा मझौला (एसएमई) व्यवसायतर्फ बैंकले २ अर्ब ४० करोड रुपैयाँ कर्जा लगानी गरेको कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.