माछापुच्छ्रे  बैंकद्वारा ५ लाखसम्मको बीमा रकम भुक्तानी

  २०७५ पुष २३ गते १६:१६     विकासन्युज

 काठमाडौं । माछापुच्छ्रे बैंकले मृतक सुदिप कार्कीको परिवारलाई ५ लाख रुपैयाँ बीमा भुक्तानी गरेको छ । मृतक सुदिप कार्कीको बैंकमा तलब व्यवस्थापन बचत खाता रहि आएकोमा दुर्घटना बीमा सुविधा अन्तर्गत बैंकले निजको हकवालालाई सो रकम भुक्तनी गरेको हो ।

उक्त रकम बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत बि के श्रेष्ठले संयुक्त रुपमा हस्तान्तरण गरेका छन् । मृतक सुदिप कार्कीको एक दुर्घटनामा मृत्यु भएको थियो । मृतकका परिवारले आफ्नो दुःखको घडीमा बैंकबाट सहजै उक्त हक दाबी रकम उपलब्ध गराएकोमा बैंकलाई आभार समेत प्रकट गरेका छन् ।

माछापुच्छ्रे बैंकका ग्राहकहरुले तलब व्यवस्थापन बचत खातामा ६.५% व्याजदर पाउँदै आएका छन् । शून्य मौज्दातमा खोल्न सकिने तलब व्यवस्थापन बचत खातामा ग्राहकहरुले रु. ५ लाख सम्मको दुर्घटना बीमा सुविधा निःशुल्क पाउँदै आएका छन् ।
बैंकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर सम्म ८८ वटा शाखाहरु, २ एक्सटेन्सन काउण्टर लगायत ५२ शाखा रहित बैकिङ्ग सेवा गरी जम्मा १४२ स्थानबाट ग्राहकलाइ बैंकिङ्ग सुविधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर १११ वटा एटीएमहरु सञ्चालनमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.