सुर्खेतमा सिटिजन्स बैंकको कर्णाली प्रादेशिक कार्यालय स्थापना

  २०७५ पुष २३ गते १३:३८     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंकले कर्णाली प्रदेश (प्रदेश नं.६) को प्रादेशिक कार्यालय सुर्खेतमा स्थापना गरेको छ । उक्त कार्यालयको आरम्भ समारोहमा कर्णाली प्रदेशका उच्च पदस्थ सरकारी कर्मचारी, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो ।

कर्णाली प्रदेश अन्तर्गत बैंकका ७ वटाशाखाहरु (डोल्पा, जाजरकोट, जुम्ला, हुम्लाको नाम्खा, सर्केगार्ड रसिमिकोट तथा सुर्खेत)बाट व्यापार विस्तारका गरेका छन् । कर्णाली प्रदेशमा रहेका १० जिल्ला मध्ये ५ वटा जिल्लामा बैंकको पहुँच रहेको छ । यस प्रदेशमा बैंकले करिव ३० लाख ग्राहकवर्गलाई बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

कर्णाली प्रदेशको हुम्लाको सिमिकोटमा २०६८ सालमा र डोल्पामा २०७१ सालमा शाखा खोलिनु यसका केहि अनुपम उदहारणहरु हुन । मानसरोवर जाने पर्यटकहरुको सहजताको निम्ति यसै वर्ष बैंकले हुम्लामा एटिएम सञ्चालनमा ल्याएको छ । बैंकले प्रादेशिक कार्यालयहरु प्रदेश नं १ को विराटनगरमा, प्रदेश नं २ को वीरगंजको आदर्शनगरमा, प्रदेश नं ४ को पोखराको सिमलचौरमार प्रदेश नं ५ को नेपालगंजमा, आफ्नै सुविधा सम्पन्न भवनमा स्थापना गरिसकेको छ ।

सिटिजन्स बैंकको ८१ वटा शाखा, ७५ वटा एटिएम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव चार लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.