प्रदेश नं. ५ काे नवलपरासीमा नेपाल बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम

  २०७५ पुष २२ गते १४:५६     विकासन्युज

काठमाडौं । प्रदेश नं ५ नवलपरासी जिल्ला (पश्चिम) को पाल्हीनन्दन स्थित सिद्धार्थ उच्च माध्यमिक विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको हो । उक्त कार्यक्रममा प्रमुख अतिथि पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष वैजुप्रसाद गुप्ताले बैंकले वित्तीय साक्षरता कार्यक्रम छानेकोमा स्थानीय जनताको तर्फबाट आभार व्यक्त गरेका थिए ।
नेपाल बैंक पाल्हीनन्दन शाखाका शाखा प्रवन्धक विनोद गुप्ताको सभापतित्वमा बैंकका भैरहवा, मणिग्राम तथा बुटवल क्षेत्रका शाखा प्रबन्धकहरुको समेत सहभागिता रहेको उक्त कार्यक्रमको प्रधान कार्यालयका प्रवन्धक शंकरप्रसाद अधिकारीले सहजिकरण गरेका थिए ।

२५० बढी स्थानीय विद्यार्थी, कृषक, उद्यमी, व्यवसायीको सहभागिता रहेको उक्त कार्यक्रममा बैंकको प्रधान कार्यालय संस्थागत योजना तथा अनुसन्धान विभागका प्रमुख तथा कार्यक्रम संयोजक लेखनाथ भुसालले बैंकिङ्ग आदत, वचतको महत्वबारे चर्चा गर्दै नेपालको बैंकिङ्ग बजारमा नेपाल बैंकले पुर्याउँदै आएको छ ।

प्रदेश नं ५ का प्रमुख पासांग दोर्जी शेर्पाले यस प्रदेशमा उद्यमशीलता बढाई रोजगारी तथा आय अभिवृदि गर्ने उद्यमी व्यवसायीको प्रयासमा नेपाल बैकले हरसंभव सहयोग गर्ने जनाएका छन् । सिद्धाार्थ उच्च माध्यमिक विद्यालय संचालक समितिका अध्यक्ष केदार गिरीले यस कार्यक्रमबाट यस उच्च माध्यमिक विद्यालयका विद्यार्थीहरु तथा यस क्षेत्रका बासिन्दाको बैंकिङ्ग आदत विकासमा योगदान पुग्ने बताएका छन् । बैकले देशका ५९ जिल्लामा १५४ शाखा ८१ वटा एटिएम सेवा विन्दु मार्फत १५ लाख बढी ग्राहकलाई प्रत्यक्ष बैंकिङ्ग सेवा पुराउँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.