माछापुच्छ्रे बैंकले तीन जिल्लामा थप ८ शाखा रहित बैंकिङ्ग सेवा संचालन

  २०७५ पुष २२ गते १४:३३     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंकले रियल टाइममा नै खाता खोल्न मिल्ने गरी तीन जिल्लामा थप ८ शाखा रहित बैंकिङ्ग सेवा सूचारु गरेको छ । माछापुच्छ्रे बैंकले खोटाङ्ग, भोजपुर र डडेलधुरामा ८ शाखा रहित बैंकिङ्ग सेवा एकै पटक संचालनमा ल्याएको छ ।

बैंकले खोटाङ्गमा पर्ने हलेसी तुबचुङ्ग नगरपालिकाको अर्खौले र राजापानीमा २ शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । डडेलधुरामा पर्नेवागेश्वर गाँउपालिको रुपाल र गन्यापधुरा गाँउपालिको बदलमा २ शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।

 

साथै भोजपुरमा पर्ने ट्याम्के मैयुङ् गाँउपालिका कोट र पाँचधारे, सदानन्द नगरपालिको साङ्पाङ् र पौवाडुङ्मा गाउँपालिकाको च्याङ्रेमा पनि ४ शाखा रहित बैकिङ्ग सेवा संचालनमा ल्याएको छ । बैकिङ्ग पहुँचदेखि टाढा रहेका ग्रामीण भेगमा बैंकले आफ्ना ग्राहक सेवा केन्द्रहरु मार्फत अत्याधुनिक बैकिङ्ग सेवा प्रदान गरेको छ ।

बैंकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ८८ वटा शाखाहरु, २ एक्सटेन्सन काउण्टर लगायत ५२ शाखा रहित बैकिङ्ग सेवागरी जम्मा १४२ स्थानबाट ग्राहकमा सम्पुर्ण बैंकिङ्ग सुविधा प्रदान गरेको छ । साथै, बैंकको देशभर ११० वटा एटिएम सञ्चालनमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.