प्रभु बैंकले १० प्रतिशत लाभांश दिने, सेयर मूल्य घट्यो

  २०७५ पुष २२ गते १३:३६     विकासन्युज

काठमाडौं । प्रभु बैंकले सेयरधनीलाई चुक्ता पुँजीको १०.२६३ प्रतिशत लाभांश दिने भएको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ५ प्रतिशत बोनस र ५.२६३ प्रतिशत नगद(बोनस सेयर र नगद लाभांशमा लाग्ने कर समेत) गरी सो मात्राको लाभांश दिने प्रस्ताव गरेको हो ।

उक्त प्रस्ताव बैंकको १३५औँ सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ ।

लाभांश घोषणासँगै कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ । बिहीबार प्रतिकित्ता २४६ रुपैयाँमा कारोबार बन्द भएको बैंकको सेयर मूल्य आइतबार घटेर २३७ रुपैयाँसम्म झरेको छ । आइतबार दिउँसो १ः३० बजेसम्म कम्पनीको सेयर मूल्य ७ रुपैयाँले घटेर प्रतिकित्ता २३९ रुपैयाँमा कारोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.