पुतली बगैँचामा यस्तो बन्दैछ संघीय संसद भवन

  २०७५ पुष १२ गते ९:२८     विकासन्युज

संघीय संसद भवनको प्रस्तावित डिजाइन

काठमाडौं । सरकारले सिंहदबारकै पुतली बगैँचामा अत्याधुनिक संघिय संसद भवन निर्माण गर्ने भएको छ । शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले माघ मसान्तभित्र संसद भवनको डिजाइन तयार हुने, बैशाखसम्म खरिद प्रक्रिया सम्पन्न गरेर जेठदेखि निर्माण आरम्भ गरिने बताए । ‘पुतली बगैँचामा संघीय संसद भवन बनाउने निर्णय भए अनुसार डिजाइन अन्तिम चरणमा पुगेको छ, २ बर्षमा निर्माण सम्पन्न हुनेछ’, मन्त्री राईले भने ।

२०७८ असार मसान्तमा नयाँ संसद भवन तयार हुनेछ । संसद भवनको लागत भने अहिले नै तय भैसकेको छैन् । डिजाइन टुंगीएपछि मात्रै लागत तयार हुने पनि उनले जानकारी दिए । आफ्नै संसद भवनको अभावमा २०६४ सालदेखि भाडाको भवनमा संसद सञ्चालन हुँदै आएको छ । संसद भवन भाडाका लागि सरकारले बर्षेनी करोडौं रुपैंयाँ खर्चँदै आएको छ ।

त्यस्तै, भक्तपुरको ठिमीमा ५ हजार जना क्षमताको सम्मेलन केन्द्र पनि निर्माण गर्न लागेको छ । लिच्छवीकालिन राजा मानदेवको कैलाश कुट भवनकै झल्को दिने गरि सम्मेलन केन्द्र निर्माण गर्न लागिएको हो । माघ महिनाभित्र डिजाइनको काम सम्पन्न गरेर बैशाख भित्र ठेक्का लगाउने र असार देखि निर्माण कार्य आरम्भ गर्न लागिएको छ ।

२०७९ असार मसान्तसम्म निर्माण सम्पन्न हुने सम्मेलन केन्द्र १८९ रोपनी जमिनमा फैलिएको हुनेछ । मल्लकालिन झल्को दिने गरि निर्माण हुने सम्मेलन केन्द्रले देशको शान बढाउन सघाउ पुर्याउने मन्त्री राईले दावी गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.