बजार सिंगल अंकले घट्दा सबै समूह रातै, एनएमबिको सेयर मूल्य ९ प्रतिशतले घट्यो

  २०७५ पुष १० गते १५:१९     विकासन्युज

काठमाडौं । मंगलबारको सेयर बजार सिंगल अंकले घटेको छ । कारोबार शुरु भएदेखि ओरालो लाग्न शुरु गरेको मंगलबारको बजार ओरालो लागेरै बन्द भएको छ । समग्रमा सो दिनको नेप्से परिसूचक ५.७१ अंकले घटेर ११८६.०३ अंकमा अडिएको छ ।

बजारमा परिसूचकसँगै कारोबार रकममा पनि उच्च गिरावट देखिएको छ । सोमबार ७९ करोड रुपैयाँबराबरको सेयर किनबेच भएको बजारमा मंगलबार जम्मा ४२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ३७ करोड रुपैयाँले घटी हो ।

बजारमा १६५ वटा कम्पनीको सेयर किनबेच भएको छ । सो मध्ये सबैभन्दा बढी एनएमबि बैंकको प्रमोटर सेयर मूल्यमा गिरावट आएको छ । बैंकका संस्थापक लगानीकर्ताले एकैदिन ९.३३३३ प्रतिशत गुमाएका छन् । जसको सेयर मूल्य प्रतिकित्ता २०४ रुपैयाँ रहेको छ । त्यस्तै, बैंकको साधारण सेयरको मूल्य पनि प्रतिकित्ता ४ रुपैयाँले घटेर ३३६ रुपैयाँमा झरेको छ ।

कारोबारमा आएका कुल १० वटा समूह सबैको सूचक राताम्मे भएका छन् । जीवन बीमा २९, निर्जीवन बीमा २४, माइक्रोफाइनान्स १३ र जलविद्युत समूह ११ अंकले ओरालो लागेका छन् । अन्य बाँकी समूहहरु एकल अंकले घटेका छन् ।

उता मल्टिप्रपोज फाइनान्स कम्पनीका लगानीकर्ताले प्रतिकित्ता ९.८५ प्रतिशत कमाएका छन् । बजारमा सबैभन्दा बढी नेपाल इन्भेष्टमेन्ट बैंकको ६ करोड २४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.