नेपाल हाइड्रो डेभलपरले ४ प्रतिशत लाभांश दिने

  २०७५ पुष १० गते १४:२७     विकासन्युज

काठमाडौं । नेपाल हाइड्रो डेभलपर लिमिटेडले आफ्ना सेयरधनीलाई चार प्रतिशत शेयर लाभांश दिने भएको छ । कम्पनीले सेयर लाभांशमा लाग्ने कर प्रयोजनका लागि सामान्य नगद लाभांशको प्रस्ताव गरेको छ ।

सोमबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आव २०७४/७५ को नाफाबाट उक्त लाभांश दिने प्रस्ताव गरेको हो । सो लाभांश कम्पनीको वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीलाई वितरण गरिनेछ । सो आवमा कम्पनीले एक करोड ९७ लाख ७७ हजार रुपैयाँ नाफा गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.