५ अर्ब खर्चिएको १५ तले छायाँ सेन्टर आजबाट खुल्दैः ठमेलमा रौनक बढ्छ कि छायाँ ?

  २०७५ पुष १० गते ९:२७     विकासन्युज

काठमाडौं । काठमाडौंको जुनसुकै अग्ला भवनको टुप्पामा गएर ठमेलतिर आँखा लगाउँदा सबैभन्दा ठूलो भवन देखिन्छ, तर त्यो के हो भन्ने थाहा थिएन भने त्यही भवन आजदेखि तपाईँहाम्रो लागि समेत खुला हुने भएको छ ।

ठमेलमा १४ रोपनी क्षेत्रफल फैलिएको यो विशाल बजार संरचनालाई ठमेलभित्रको ‘मिनीठमेल’को रुपमा विकास गर्ने लक्ष्य सञ्चालकहरुको छ । यही लक्ष्यकाबीच ५ अर्ब लगानीमा तयार गरिएको छायाँ सेन्टर आजदेखि सर्वसाधारणका लागि खुल्ला हुँदैछ ।

डिसेम्बर २५ अर्थात् क्रिसमसको दिन आज पर्यटनमन्त्री रबीन्द्र अधिकारीले उक्त सपिङ कम्प्लेक्सको उद्घाटन गर्दैछन् । उक्त कम्प्लेक्स नेपालकै सबैभन्दा ठूलो र आरामदायी शपिङ कम्प्लेक्सको रुपमा रहेको दाबी सञ्चालकहरुको छ ।

कम्प्लेक्समा अलफ्ट होटेलमा साथै रहनुका साथै क्युएफएकस सिनेमा, फुडकोर्ट, ब्रान्डेड स्टोर निकट भविष्यमै खुल्ने बताइएको छ । उद्घाटनको अवसरमा २५ प्रतिशत छुटको व्यवस्था रहेको समेत आयोजकले जानएको छ ।

कम्प्लेक्समा लाइभ म्युजिक, निशुल्क फेस पेन्टिङ, कटन क्याण्डी, फेमेली फोटोसुट तथा परिकार महोत्सव हुने बताइएको छ । कम्प्लेक्समा पृथ्वीबहादुर पाण्डे, सुमन पाण्डे, महेश्वर श्रेष्ठ, निर्मल प्रधान, कालु गुरुङ लगायतको लगानी रहेको छ । सेन्टरमा ४०० कार ३०० मोटरसाइकल पार्किङ गर्न सकिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.