बोनस सेयरपछि सिद्धार्थ बैंकको मूल्य समायोजन, कतिमा खुल्यो कारोबार ?

  २०७५ पुष ९ गते १३:३३     विकासन्युज

काठमाडौं । सोमबार सिद्धार्थ बैंक लिमिटेडको सेयर मूल्य समायोजन भएको छ । बैंकको ५ प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन भएको हो ।

नेप्सेका अनुसार मूल्य समायोजन पछि बैंकको सेयर मूल्य प्रतिकित्ता ३०९.५२ रुपैयाँमा खुलेको छ । समायोजन पछि खुलेको पहिलो कारोबारमा कम्पनीको सेयर मूल्य घटेर प्रतिकित्ता ३०० रुपैयाँसम्म किनबेच भएको छ । दिउँसो करिब २ बसेसम्म बैंकको सेयर ८ रुपैयाँले घटेर प्रतिकित्ता ३०१ रुपैयाँमा किनबेच भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.