सिर्जना फाइनान्सले २४ प्रतिशत लाभांश दिने, पुस १३ गतेदेखि बुक क्लोज

  २०७५ पुष ८ गते १४:२१     विकासन्युज

काठमाडौं । सिर्जना फाइनान्स लिमिटेडले सेयरधनीलाई २४.५० प्रतिशत लाभांश सेयर वितरण गर्ने भएको छ । संस्थाले सेयरधनीलाई चुक्ता पुँजीको १५ प्रतिशत बोनस र ९.५० प्रतिशत नगद गरी सो मात्राको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

हालै सम्पन्न सञ्चालक समितिको उक्त प्रस्तावलाई कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ । संस्थाको आगामी अर्थात १८औँ वार्षिक साधारणसभा यही पुस २८ गते बस्दै छ । सो प्रयोजनको लागि पुस १३ गतेदेखि २८ गतेसम्म संस्थाको बुक क्लोज हुँदै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.