किन बढ्यो लुम्बिनी विकास बैंकको सेयर मूल्य ? यस्तो छ कारण

  २०७५ पुष ८ गते १४:०६     विकासन्युज

काठमाडौं । आइतबारको बजार बढेसँगै लुम्बिनी विकास बैंकको पनि सेयर मूल्य उकालो लागेको छ । दिउँसाे २ बजेसम्म यस कम्पनीको सेयर मूल्य ९.२० प्रतिशतले बढेको छ ।

विकास बैंकले आइतबार बोनस सेयर दिने घोषणा गरेपछि लगानीकर्ताहरु यस संस्थाको सेयरप्रति आकर्षित भएका हुन् । संस्थाले सेयरधनीलाई १८.७७६५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । उक्त घोषणासँगै बैंकको सेयर किन्नेकोमा बढी चाप देखिनु र सेयर मूल्यमा दोहोरो अंककाे वृद्धि हुनुले लगानीकर्ताहरु उत्साहित भएको संकेत गर्छ ।

आइतबार प्रतिकित्ता १६३ रुपैयाँबाट कारोबार शुरु भएको यस बैंकको सेयर मूल्य बढेर दिउँसो २ बजेसम्म प्रतिकित्ता १७८ रुपैयाँ पुगको छ । सो अवधिसम्म बैंकको सेयर मूल्य प्रतिकित्ता १७९ रुपैयाँसम्म कारोबार भएको थियो ।

विकास बैंकले चुक्ता पुँजीको सो मात्रा अर्थात ३७ करोड ७१ लाख ९७ हजार २०० रुपैयाँ बोनस सेयर दिने प्रस्ताव गरेको हो । विकास बैंक संचालक समितिको उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ ।

सभाले पारित गरेपछि बैंकले गत आर्थिक वर्षको नाफा तथा संचित जगेडाबाट सेयरधनीलाई उक्त लाभांश दिने छ । हाल विकास बैंकको चुक्ता पुँजी २ अर्ब ८ करोड रुपैयाँ रहेको छ । १८ प्रतिशत बोनस पछि बैंकको चुक्ता पुँजी २ अर्ब ३८ करोड रुपैयाँ पुग्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.