शुक्रबार हिमालय उर्जा विकास कम्पनीको आईपीओ बाँडफाँड हुने

  २०७५ पुष ५ गते १४:४४     विकासन्युज

काठमाडौ । हिमालय उर्जा विकास कम्पनीले हालै जारी गरेको साधारण सेयर(आईपीओ)को बाँडफाँड शुक्रबार(पुस ६ गते) हुने भएको छ । कम्पनीले बिक्री गरेको कुल ९ करोड ९० लाख रुपैयाँ बराबरको आईपीओको बाँडफाँड भोलि बिहान १०ः३० बजे बिक्री प्रबन्धक नविल ईन्भेष्टमेन्ट बैंकिङ् लिमिटेडमा हुने भएको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रहरु रामेछाप र दोलखाका आयोजना प्रभावित बासीन्दाका लागि अंकित मूल्य एक सय रुपैयाँ दरमा ९ लाख ९० हजार कित्ता आईपीओको बिक्री गरेको थियो । उक्त आईपीओको लागि कम्पनीले गत कात्तिक ६ गतेदेखि कात्तिक २० गतेसम्म आवेदन खुला गरेको थियो ।

उक्त आईपीओमा न्यूनतम ५० कित्तादेखि अधिकतम ४ हजार ९ सय कित्तासम्म आवेदन दिन पाइने व्यवस्था रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.