बेष्ट फाइनान्सको ८ लाख कित्ता हकप्रद सेयर लिलामीमा, माघ १० गते अन्तिम दिन

  २०७५ पुष ५ गते १४:०७     विकासन्युज

काठमाडौं । बेष्ट फाइनान्स लिमिटेडले साविक सिनर्जी फाइनान्स लिमिटेडतर्फको संस्थापक र सर्वसाधरणतर्फको बिक्री नभएको हकप्रद सेयर लिलामीमा बिक्री गर्ने भएको छ । संस्थाको कूल ८ लाख ५ हजार ८४.४७ कित्ता अवितरित हकप्रद सेयर लिलाम बिक्री गर्न बिक्री गर्न सर्वसाधारणका लागि आवेदन खुल्ला गरेको छ ।

हकप्रद सेयर खरिदका लागि पुस ११ गतेदेखि माघ १० गतेसम्म आवेदन दिन सकिने बताइएको छ । कम्पनीले असार २५ गतेदेखि भदौ १२ गतेसम्म हकप्रद सेयर जारी गरी आवेदन माग गरेकोमा पुर्ण आवेदन नगरेपछि कम्पनीको संस्थापकतर्फ ५ लाख ५७ हजार ७ सय ७४ दशमलब ५७ कित्ता र सर्वसाधारणतर्फ २ लाख ४७ हजार ३ सय ९ दशमलव ९० कित्ता लिलाम बिक्रीका लागि सुचना जारी गरिएको फाइनान्सका प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारीले बताए ।

कम्पनीले सेयरको न्युनतम मुल्य एक सय रुपैयाँ तोकेको हुँदा सो भन्दा बढी मुल्य अंकित गरी बोलकबोल गर्नु पर्नेछ । आवेदकहरुले बोलपत्र पेश गर्दा न्युनतम सय कित्ता र अधिकतम सम्पुर्ण कित्ताका लागि कम्पनीको सम्पुर्ण शाखा र बिक्री प्रबन्धकमा प्रभू क्यापिटल लिमिटेडबाट आवेदन दिन सकिने फाइनान्सका प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.