कृषि विकास बैंकका सिर्इअाे सिटौलाको कार्यकालमा निष्कृय कर्जा २ प्रतिशतमा झर्याे

  २०७५ पुष १ गते १३:०३     विकासन्युज

काठमाडाैं । कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत लिलाप्रकाश सिटौलाको चार वर्षको कार्यकाल सफलता पूर्वक सम्पन्न भएको बैकले जनाएकाे छ ।  २०७१ साल मंसिर २८ गते उक्त पदमा नियुक्ति भएका सिटौलालाई मंसिर २७ गते विदाई गरिएको छ  ।

कृषि विकास बैंकका उच्च व्यवस्थापनका रुपमा रहनु भएका उप–महा प्रबन्धकहरु पूर्णप्रसाद आचार्य, अरुणकुमार ढुंगाना, प्रताप सुवेदी, चुडामणी तिमिल्सेना, विभागीय प्रमुखहरु लगायत अन्य कर्मचारीहरुको उपस्थितिमा बैंककमे केन्द्रिय कार्यालय रामशाहपथमा विदाई कार्यक्रममा आयोजना गरि विदाई गरेका थिए ।

उक्त विदाई कार्यक्रममा बैंकको तर्फबाट उप–महाप्रबन्धक पूर्णप्रसाद आचार्य र प्रताप सुवेदीले बैंकमा सिटौलाको नेतृत्व ७४/७५ सम्म आईपुग्दा क्रमशः निष्कृय कर्जाको मात्रा करिव ६ प्रतिशतबाट २ प्रतिशतमा आएको, कर्जा लगानी ६५ अर्वबाट बृद्धि भई १ खर्व १ अर्व पुगेको, ६६ अर्वको निक्षेपलाई बढाएर करिब १ खर्व ५ अर्व पुराएको, लामो समयदेखि फछर्यौट हुन नसकेको करिव ४ अर्ब ७५ करोड बराबरको कर दायित्व हिसाव फछ्र्यौट भएको ,लामो समय देखि फछर्योट हुन नसकेको हिसाव भिडान कार्य पूर्णरुपमा सम्पन्न भएको बताएका छन् ।

शाखा कार्यालय विस्तार गरी कार्यालय संख्या २६५ पुराइएको, अधिकांश शाखा कार्यालयमा सिबिएस जडान , एटिएम कार्ड, भिसा कार्ड, आईपिएस, एस.एम.एस ,मोवाईल बैकिङ्ग, इन्टरनेट बैकिङ्ग, आस्वा सुविधा, डिम्याट लगायतका सुविधा उपलव्ध, नियमक निकायहरुबाट विशेष महत्व दिएको जानकारी दिँदै आगामी दिनमा पनि बैंकको समग्र उन्नतिका लागि राय,सल्लाह सुझाव निरन्तर रुपमा बैंकलाई उपलव्ध गराउन बैंकका तर्फबाट आचार्यले अनुरोध गरेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.