गोर्खा इको प्यालनबाट ५२०० वर्ग फिटको क्षेत्रफलमा राष्ट्रिय आविष्कार केन्द्र निर्माण

  २०७५ मंसिर २८ गते १७:५७     विकासन्युज

कीर्तिपुर । गोर्खा इको प्यानलको प्रयोगबाट राष्ट्रिय आविष्कार केन्द्रको भवन निर्माण सम्पन्न भएकाे छ । डा. महावीर पुन अध्यक्षतामा काठमाडौंको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको परिसरभित्र उक्त केन्द्रको निर्माण सम्पन्न गरिएको हो ।
पाँंच हजार दुई सय वर्ग फिटको ठूलो क्षेत्रफलमा निर्माण गरिएको उक्त केन्द्रमा काम पनि शुरु भइसकेको छ ।

डा. महावीर पुन नेपालको प्रथम म्याग्नासेस पुरस्कार पाउन सफल नेपाली हुन् । उनले राष्ट्रिय आविष्कार केन्द्र स्थापना गरी आविष्कारका कामहरु गर्दै आएका छन् ।

केन्द्रका लागि भबन निर्माण सम्पन्न भएपछि आगामी दिनमा आविष्कारको काम गर्न सजिलो भएको डा. पुनले बताए । साथै, उनले भवन बनाउनका लागि निर्माण सामाग्री सहयोग गरेकोमा इन्टरनेशनल ग्रीन डेभलपर्स नेपाल गोर्खा इको प्यानललाई धन्यवाद दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.