बैंक अफ काठमाण्डूले २५ प्रतिशत लाभांश दिने, १४ प्रतिशत बोनस र ११ प्रतिशत नगद

  २०७५ मंसिर २८ गते ११:३४     विकासन्युज

काठमाडौं । बैंक अफ काठमाण्डूले सेयरधनीलाई २५ प्रतिशत लाभांश दिने भएको छ । विहीबार बसेको बैंक सञ्चालक समितिको बैठकले १४ प्रतिशत बोनस सेयर र ११ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

सञ्चालक समितिको निर्णय राष्ट्र बैंक र साधारणसभाले अनुमोदन गरेपछि सेयरधनीले लाभांश पाउने छ । हालसम्म घोषणा भएका मध्ये बैंक अफ काठमाण्डूको लाभांश तेस्रो उच्चदर हो ।

विहीबार यस कम्पनीको सेयर प्रतिकित्ता ३०९ रुपैयाँमा कारोबार भएको छ । हाल यस बैंकको सेयर पुँजी ७ अर्ब ७ करोड रुपैयाँ छ । बोनस सेयर वितरणपति बैंकको चुक्ता पुँजी ८ अर्ब ६ करोड रुपैयाँ हुनेछ । यस बैंकको जगेडा कोषमा ५ अर्ब ५ करोड रुपैयाँ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.