हेटौँडा सिमेन्ट उद्योग ३३अाैँ वर्षमा प्रवेश, वार्षिक २० करोड नाफा कमाउन सफल

  २०७५ मंसिर २६ गते १४:१७     विकासन्युज

काठमाडौं । हेटौँडा सिमेन्ट उद्योगले आफ्नो ३३ औँ वार्षिकोत्सव मनाएको छ। लामो समयदेखि घाटा बेर्होदै आएको हेटौँडा सिमेन्ट उद्योग हाल निरन्तर प्रगति पथमा लम्किरहेको छ । थप क्षमता सुधारका लागि १ सय करोड बजेट आवश्यक पर्ने प्रशासन विभागका प्रमुख गणेश कोइरालाले बताएका छन् ।

वि सं. २०७१ साल यता उद्योगले वार्षिक रु १८ देखि २० करोड मुनाफा आर्जन गरिरहेको छ । वि.सं. २०३२ सालमा स्थापना भएको यस उद्योगले ०४२ देखि उत्पादन शुरु गरेको हो । एशियाली विकास बैंक (एडिबी) को सहयोगमा हेटौँडा उपमहानगरपालिका-९ सुचारू गरेकाे थियाे ।

जर्मन मोडलको उत्पादन प्रविधि रहेको उक्त उद्योगमा सिमेन्ट उत्पादनका दृष्टिले विश्वमै उत्कृष्ट रहेको बताउँदै अत्यधिक मुनाफा कमाउने उद्देश्य नभएकाले र गुणस्तरमा कुनै सम्झौता नहुने कार्यरत कर्मचारीले जानकारी दिएका छन् । ४ सय जना कर्मचारी रहेका उक्त हेटौँडा सिमेन्टका भवन देखि र प्रविधिसम्म पुरानो भएता पनि गुणस्तर तथा आम उपभोक्ताको विश्वसनीयताकै कारण यहाँसम्म आइपुगेको बताएका छन्र ।

८३ करोड रूपैयाँ घाटामा रहेको उद्योग हाल ५१ करोड रूपैयाँमा रहेपनि निरन्तर यस क्षेत्रमा रहेको बताएका छन् । उद्योग सञ्चालक समितिका अध्यक्ष न्यौपानेले सरकारले आफूहरुको योजनामा साथ दिए सम्भाव्यताका आधारमा एक हजार २०० देखि दुई हजार ५०० टनसम्म उत्पादन गर्ने लक्ष्य रहेको जानकारी दिएका छन् । हाल दैनिक ७५० टन सिमेन्ट उत्पादन गर्दै आएको र वर्षमा २७ लाख बोरा उत्पादन गर्ने क्षमता भए पनि २१ लाख बोरा उत्पादन गरिरहेको बताएका छन् । रासस

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.