४ महिनामा १ खर्ब २२ अर्बकाे इन्धन आयात, गत वर्षभन्दा ४८ अर्ब ३६ करोडले बढी

  २०७५ मंसिर २६ गते ११:२२     राजाराम न्यौपाने

काठमाडौं । २०७४ सालको साउन देखि कार्तिक महिनासम्म पेट्रोल, डिजेल, मट्टीतेल, ग्याँस र हवाई इन्धन गरी ७३ अर्ब ९६ करोड रुपैंयाको आयात भएको थियो । यो वर्षको साउन देखि कार्तिक महिनासम्ममा पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धन गरी १ खर्ब २२ अर्ब ३२ करोड रुपैंयाको आयात भएको छ ।

२०७४ सालको साउन देखि कार्तिकसम्मको तुलनामा २०७५ सालको साउन देखि कार्तिकसम्म ४८ अर्ब ३६ करोड बढिको इन्धन आयात भएको छ । २०७५ सालको साउन देखि कार्तिकसम्म १३ अर्ब १४ करोडको पेट्रोल, ३५ अर्ब ३६ करोडको डिजेल, १३ अर्ब १४ करोडको मट्टीतेल, ११ अर्ब १८ करोडको ग्याँस र ४ अर्ब ९० करोडकोहवाई इन्धन आयात भएको छ ।

२०७४ सालको साउन देखि कार्तिकसम्म ८ अबको पेट्रोल, २० अर्ब १३ करोडको डिजेल, ३६ अर्बको मट्टीतेल, ६ अर्ब २३ करोडको ग्याँस र ३ अर्ब ६ करोडकोहवाई इन्धन आयात भएको छ । नेपालमा यातायतका साधन दिन दिनै बढदै गहिरहेको छ । हाल इन्धनबाट सञ्चालन हुने साना ठूला गरि ३२ लाख यातायात छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.