२० प्रतिशत लाभांश दिने भएपछि नेरुडे लघुवित्तको सेयर मूल्य बढ्यो

  २०७५ मंसिर २५ गते १७:०५     विकासन्युज

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीलाई २०.७९ प्रतिशत लाभांश दिने भएको छ । संस्थाले सेयरधनीलाई १५ प्रतिशत बोनस र कर सहित ५.७९ प्रतिशत नगद गरी सो मात्राको लाभांश दिने प्रस्ताव गरेको हो ।

उक्त प्रस्ताव हालै बसेको सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी साधारणसभाले पारित गर्नु पर्ने छ ।

लाभांश घोषणा गरेसँगै मंगलबार संस्थाको सेयर मूल्य बढेको छ । सोमबार प्रतिकित्ता ४९० रुपैयाँ रहेको संस्थाको सेयर मूल्य मंगलबार बढेर प्रतिकित्ता ४९४ रुपैयाँ पुगेको छ ।

संस्थाको आगामी वार्षिक साधारणसभा पुस २० गते बस्दै छ । सो प्रयोजनको लागि पुस ५ गतेदेखि २० गतेसम्म संस्थाको बुक क्लोज हुने छ ।

हाल संस्थाको चुक्ता पुँजी ३४ करोड ५७ लाख रुपैयाँ रहेको छ । १५ प्रतिशत बोनस सेयर पछि संस्थाको चुक्ता पुँजी ३९ करोड ७६ लाख रुपैयाँ पुग्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.