सिक्टा सिंचाइ आयोजनामा २ अर्ब भ्रष्ट्राचार, बिक्रम पाण्डे सहित २१ जना विरुद्ध मुद्दा को-को परे हेर्नुहाेस् (सूचिसहित)

  २०७५ मंसिर २१ गते १७:१७     विकासन्युज

काठमाडौं । सिक्टा सिंचाइ आयोजनामा भ्रष्ट्राचार भएको प्रमाणित भएपछि २१ जना विरुद्ध मुद्दा दायर गरिएको छ । २ अर्ब माग दाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो ।

आयोजनाकाे नहर भत्किएको, मूलनहरको डिजाइनमा नै त्रुटि तथा निर्माणकै क्रममा पनि आयोजनामा खटिएका प्राविधिक, कन्सल्टेण्ट, निर्माण व्यवसायीले पर्याप्त सुपरभिजन नगरेको हुँदा गुणस्तरिय कार्य हुन नसकेको आयोगले दाबी गरेको छ । यसअघि एक पटक परीक्षणका क्रममा नहर भत्किसकेकोमा पुनस्परीक्षण समेत नगरी निर्माण व्यवसायीलाई उन्मुक्ति दिएको भन्ने आयोगमा उजुरी परेको थियो ।

उजुरीको आधारमा आयोगबाट अनुसन्धान हुँदा आयोजनाको कार्यरत रहेका कर्मचारीहरु समेतको मिलेमतो रहेको प्रमाणित भएको छ । सोहि आधारमा आयोगले शुक्रबार २१ जना विरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

यस्ता छन् अख्तियारले मुद्दा दायर गरेका व्यक्तिहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.