सेञ्चुरी बैंकले मुद्दती खातामा १३ प्रतिशत व्याज दिने

  २०७५ मंसिर २१ गते १५:४४     विकासन्युज

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले व्यक्तिगत ग्राहकहरुलाई उच्च ब्याजदर सहितको मुद्दती निक्षेप योजना सञ्चालनमा ल्याएको छ । बैंकले ६ महिनादेखि २ वर्षसम्मको विशेष मुद्दती खाताको लागि वार्षिक १३ प्रतिशत ब्याज दिने भएको छ ।

साथै, बैंकले १ महिनादेखि २ वर्षसम्मको साधारण मुद्दती खाताको लागि वार्षिक व्याजदर १२ प्रतिशत प्रदान गर्ने गरि दुई नयाँ योजना ल्याएको छ ।

विशेष मुद्दती खातामा बैंकले मासिक रुपमा ब्याज भुक्तानी गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.