नेपाल मर्चेण्ट बैंकर्स संघको अध्यक्षमा ध्रुव तिमिल्सिना, नयाँ कार्य समितिमा ७ सदस्य निर्वाचित

  २०७५ मंसिर २१ गते १४:०७     विकासन्युज

काठमाडौं । नेपाल मर्चेण्ट बैंकर्स संघको अध्यक्षमा सिद्धार्थ क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ध्रुव तिमिल्सिना निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न संघको नवौँ वार्षिक साधारणसभाले नयाँ कार्यसमितिमा ७ सदस्य निर्विरोध निर्वाचित गरेको छ ।

त्यस्तै, उपाध्यक्षमा एनआइबिएलएस क्यापिटल लिमिटेडका महाप्रवन्धक मेघबहादुर थापा, महासचिवमा सनराइज क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठ र कोषाध्यक्षमा ग्लोबल आइएमइ क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकाल निर्विरोध निर्वाचित भएका छन् ।

त्यस्तै, सदस्यहरुमा कृति क्यापिटल लिमिटेडका प्रवन्ध निर्देशक दिपेशकुमार वैद्य, नविल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सविर वादे श्रेष्ठ र आरविवि मर्चेण्ट बैंकिङ्ग लिमिटेडका प्रमुख कार्यकारी अधिकृत डा. रमेश कुमार भण्डारी निर्विरोध निर्वाचित भएका छन् ।

साधारण सभाबाट संघको विधान संशोधन गरी पुँजीबजारमा कार्यरत अन्य संघ संस्थाहरुलाई एशोसियट सदस्यको रुपमा संघमा आवद्य हुने मार्ग प्रशस्त गरिएको छ । त्यस्तै, पुँजीबजारको विकासमा अग्रसर हुने तथा यसलाई व्यवस्थित र मर्यादित बनाउन विभिन्न कार्यक्रमहरु गर्ने प्रतिवद्धता गरेको छ ।

साथै, सभामा संघ मर्चेन्ट बैकिङ्ग सम्बन्धी एशीयाली राष्ट्रहरुको संगठन एशियन सेक्युरीटीज फोरममा आवद्ध हुन प्रकृया अगाडि बढाउने कार्यक्रम समेत पारित गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.