अर्थमन्त्री खतिवडाको राजिनामा माग्दै लगानीकर्ताहरू अनशन बस्ने

  २०७५ मंसिर १९ गते १८:२७     विकासन्युज

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाको राजिनामा माग गर्दै सेयर लगानीकर्ताहरु अनशन बस्ने भएका छन् । सेयर बजार निरन्तर उच्च अंकले ओरालो लागेपछि सम्पत्तिको सुरक्षा गर्नको लागी भन्दै लगानीकर्ताहरु आगामी मंसिर २३ गते आइतबार अनशन बस्ने भएका छन् ।

लगानीकर्ताले वर्षौदेखि राख्दै आएका मागहरु पुरा गराउने सन्दर्भमा आलटाल भएकाले उक्त दिन अनशन बस्न लागेकाे सेयर लगानीकर्ता दबाब समूहले बताएकाे छ । उक्त समूहले बुधबार एक विज्ञप्ति मार्फत अर्थमन्त्री डा.खतिवडा पुँजी बजारको विरोधी भएको भन्दै उनको राजीनामाको मुख्य मागसहित रिले अनशन बस्ने निर्णय गरेको बताएको छ ।

उक्त समूह आगामी आइतबार बिहान १० बजेदेखि सिंहदरबार स्थित नेपाल स्टक एक्सचेञ्ज(नेप्से)को कार्यालयमा रिले अनशन बस्दै छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.