बैंकहरूले व्याज बढाएपछि सेयर बजारमा पहिरो, नेप्से परिसूचक २२ अंकले घट्यो

  २०७५ मंसिर १९ गते १५:१०     विकासन्युज

काठमाडौं । बैंकहरूले निक्षेपकाे व्याज बढाएपछि सेयर बजार उच्च अंकले घटेकाे छ । बुधबार नेप्से परिसूचक २२.८० अंकले ओरालो लागेको छ ।

मुद्दति खातामा यसअघि १० प्रतिशत व्याज दिदै अाएका बैंकहरूले बुधबार १२.५ प्रतिशसम्म व्याज प्रस्तावसहितकाे व्यवसायिक याेजना सार्वजनिक गरेका थिए ।

करिव दुर्इ सातादेखि निरन्तर घट्दै अाएकाे सेयर बजार मंगलबार दोहोरो अंकले बढेको थियाे । खासगरी स्थानीय तहले बैंकमा राखेकाे निक्षेप मध्ये ५० प्रतिशत प्रयाेग गर्न पाउने सरकारी निर्णयले मंगलबार बजारमा सकारात्मक प्रभाव पारेकाे थियाे ।

तर बुधबार फेरि सेयर बजारकाे लागि परिस्थिति प्रतिकूल बनेकाे छ । भारी अंकले घटेको बजारमा कारोबारमा आएका सबै समूहको सूचक राताम्मे भएका छन् । सबैभन्दा बढी निर्जीवन बीमा समूह १८५ अंकले घटेको छ । त्यस्तै, जीवन बीमा समूहको सूचक ९६ अंकले ओरालो लागेको छ । फाइनान्स समूह २.४ अंकले घटेको छ भने बाँकी समूहहरु दोहोरो अंकले राताम्मे भएका छन् ।

बुधबार सबैभन्दा बढी राधी विद्युत कम्पनीका लगानीकर्ताले ६.८९६ प्रतिशत गुमाएका छन् । जसको सेयर मूल्य प्रतिकित्ता १२ रुपैयाँले घटेर १६२ रुपैयाँमा झरेको छ । त्यस्तै, ९ वटा कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५ प्रतिशतले घटेको छ ।

बजारमा कुल १५६ कम्पनीको ३७ करोड ७२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो मध्ये सबैभन्दा बढी नेपाल बैंकको ३ करोड ५४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.